एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि

सल्लाघारीमा उद्घाटन, भृकुटीमण्डपमा बन्दसत्र

२७ मंसिर, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा हुने छ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन गरिने एमालेले जनाएको छ।

काठमाडौं उपत्यकाको सांस्कृतिक पहिचान झल्किने गरी निर्माण गरिएको मञ्चबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत झण्डोत्तोलन गर्दै महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन समारोह मध्याह्नपछि सुरु हुने जानकारी एमालेले दिएको छ। महाधिवेशनमा सहभागी हुन देशभरबाट पार्टीका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरू काठमाडौं उपत्यका भेला भइसकेका छन्। हालैको राजनीतिक घटनाक्रमपछि सरकारबाट बाहिरिएको एमालेले यस महाधिवेशनलाई भव्य र सशक्त रूपमा आयोजना गर्ने तयारी गरेको छ।

उद्घाटनअघि जुलुस

उद्घाटन समारोहअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिने छ। ती जुलुसहरू सल्लाघारीमा पुगेर सभामा परिणत हुनेछन्। एमालेले उद्घाटन कार्यक्रममा कम्तीमा तीन लाख जनसहभागिता गराउने लक्ष्य राखेको जनाएको छ।

बन्दसत्रबाट नयाँ नेतृत्व चयन

सल्लाघारीमा उद्घाटन समारोह सम्पन्न भएपछि महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा सुरु हुनेछ। सोही बन्दसत्रबाट पार्टीको नयाँ नेतृत्व चयन गरिने छ।

अध्यक्ष पदका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। ईश्वर पोखरेलले बन्दसत्रमा छुट्टै राजनीतिक दस्तावेज प्रस्तुत गर्ने तयारी गरेका छन्। तर, पार्टी सचिवालयको पछिल्लो बैठकले उक्त दस्तावेज पेस गर्न दिने तर त्यसमा छलफल नगर्ने निर्णय गरेको छ।

देशभरबाट प्रतिनिधि सहभागिता

महाधिवेशनका लागि एमालेका प्रतिनिधिहरू देशभरबाट काठमाडौं उपत्यका भेला भएका छन्। प्रतिनिधिहरूले पार्टीको भावी नेतृत्व, नीति तथा संगठनात्मक दिशानिर्देश तय गर्नेछन्। नेतृत्व चयनलाई लिएर एमालेको महाधिवेशनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

4 Comments

Image
jZTFspzSUieIvRBusc 1/14/2026 3:47:58 PM

vNAccivqvEyglMkjGPiiQI

Image
nexrAaXZafslvhlFYQIrSSu 1/12/2026 1:37:48 AM

obUANYrAYPhPXiBjLTdvNoi

Image
RWyByWiRpQnDolECxPMSyfBg 12/31/2025 8:28:15 PM

CovaXDQManWKhbNodpvAW

Image
dKczHPLlECBDlstQijiVJJB 12/22/2025 1:49:55 AM

lpbqVLpccbIYkgZLGRUzF

Leave a comment

ताजा समाचार

सबै हेर्नुहोस्

Tags

"Stay ahead, stay informed with Arthik Sagar."

ट्यागहरू

© 2026 FinTech Technology. All Rights Reserved.